अब युवाको पालो आर्थिक क्रान्तिको

By Prabhat Aryal
यूवाहरु हरपल परिर्वतनको पक्षमा हुन्छन् असाध्यै शक्तिशाली पनि हुन्छन् यिनीहरु सधै सत्य र यथार्थको लागि लडीरहन्छन् । यदि कसैले यीनीहरुका चाहना र विचारहरुलाई दवाउने र अवमुल्यन गर्ने गरे जस्तो सुकै ठाउँबाट विस्फोट भइ चट्टान बन्दै बसर्ीन सक्ने क्षमता हुन्छ यीनमा । इतिहासका हरेक पानाहरुबाट जुनसुकै परिवर्तनहरुमा युवावर्गको भूमिका अत्यन्तै महत्वपूर्ण र निर्णायक हुने गरेको पाइन्छ । यीनीहरु यथास्थितिको विरोधी र परिवर्तलाई आत्मसाथ गर्छन । नेपालमा भएका अहिलेसम्का परिवर्तन र आन्दोलहरुमा युवाहरु नै निर्णायक शक्तिकारुपमा स्थापित रहदै आएकाछन् । चाहे त्यो ०७ सालको विद्यार्थी आन्दोलन होस चाहे ४६ सालको पाचायत विरोधी जनआन्दोलन होस वा ०६२/०६३ को ऐतिहासिक जनआन्दोलन २ किन नहोस युवाहरुले नै नेतृत्व गर्दै अग्रपंतीमा हुन्थे र सहिदहरु पनि प्राय युवा वर्गबाटै भएका छन् । नेपालको झण्डै २४० वर्ष लामो राजतन्त्रको दाहासस्कार पछि मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरीसकेको छ र यसलाई संस्थागत गर्ने सवालमा युवा वर्गवाट जीवन मरणको कुनै काजुस्याइँ नगरी आफ्नो भूमीका र्निवाह गदैै्र अव आर्थिक क्रान्तिको लागि होमिनु पर्ने भइसकेको छ ।

हामी नेपालीहरु धनी देशका गरिब नागरीक भएर बाँचीरहेका छौँ । यहाँ ०७ सालदेखि नै प्रजातन्त्र आयो त केवल हुनेखानेहरुका लागि मात्र आयो सामान्ती शोषकहरुले गाउँका ती भोका नाङ्गा असायहरुलाई एक छेउबाट पनि हेर्न सकेनन र हुँदा खानेहरु सधै पोखरीको भ्यागुतो उर्फे झैँ उर्फे जहाँ को त्यही भए यथास्थानबाट कहिल्लै माथि उठ्न सकेनन् । बने त केवल तीनै देश हाक्नेहरुका परिवार र उनका आसे पासेहरु मात्रै बनेँ । देशलाई गरिबीको चपेटामा फसाउदै ३० औँ गुणा तल झार्ने ती नेता र पार्टी भनाउदाहरुले देश बनाउने गहिरो अभिभारा कहिल्लै बहन गर्न सकेनन् । मात्रै गरे त केवल कुर्ची तानातान मात्र गरी रहेँ । आफ्नो देशमा कुनै सियो सम्म पनि बनाउन नचाहने विदेशबाट नुन देखि सुन सम्म ल्याउने र कमिसन खाने परम्मराले नै गर्दा बर्षेनी लाखौं युवाहरु विदेश पलाएन भइरहेका छन् ।

युवाहरुले पनि कहिल्लै आफूलाई आफ्ना खुट्टामा उभ्याउन चाहेनन् । यहाँका स्कुल कलेजहरु विद्यार्थीहरु भर्ना गर्ने र बेरोजगार युवा उत्पादन गर्ने फेक्ट्री भन्दा फरक भएनन् । अव्यवहारीक र अवैज्ञानीक शिक्षाको अन्त्य हुन सकेन् यसै शिक्षालाई सर्वस्व मानी आफ्नो जीवनको अमुल्य जीवन व्यतित गर्दै २५ औं बसन्तहरु प्ाार गर्दा सम्मको उपलब्धी फुली लगाएको पास श्रेणीको मार्कसिट लिनेको संख्या नै बेरोजगार संख्या मध्येको ठूलो हिस्सा हो । यस्ता यूवाहरु सरकारी देखि गैरसरकारी कार्यालयहरुमा अयोग्य हुन्छन र स्वदेशमा कतै जागिर खान सक्दैनन् उता कुनै सानो तिनो व्यापार व्यावसाय गर्न तिर सोच्दै नसोची अनि बन्छन् बेरोजगारी । जो व्यक्ति पढाइमा लगनशिल छ कुनै सीप सीकेको छ राम्रो अंक ल्याई पढाइ सकेको छ त्यस्ता व्यक्तिहरुले जागिर खोज्नु प्रदैन जागिरले उनीहरुलाई खोजीरहेको हुन्छ र महिनामा स्वदेशमै ५० औँ हजार सम्म कमाएका उदाहरण मेरा आँखाले थुप्रै देखेका छन ।

नेपालीयूवाहरु विदेशका गल्ली गल्लीहरुमा गएर कडा परीश्रम गर्न लाखौँ लगानी गरेर खुशी हुँदै जान्छन तर आफ्नो खेतमा कुनै कृषी गर्न घरमै पशुपालन गर्न सानोतिनो व्यापार व्यावसाय गर्न लजाउछन् सानो भइन्छकी भनेर डराउछन् अनि कसरी पाइन्छ रोजगार । कहिल्लै प्रयास नगर्नै अनि तालुमा आलु फल्छकी भनेर कुर्नेहरु अब आफूलाई सक्षम र योग्य बनाउनु पर् यो तव पो हरेक क्षेत्रमा रम्न मात्र होइन अरुलाई रमाउन पनि सकिन्छ । गर् यो भने जे पनि सम्भव हुन्छ यो दुनियामा असम्भव भन्ने केही छैन केही नगर्नु भन्दा केही गरेर असफलता हुनु राम्रो हुन्छ ूजब सम्म तिमी सफल हुदैनौँ तबसम्म प्रयास जारी राखू भन्ने सोच लिएर अगाडी बढेँ पक्कै आफ्नै स्वदेशको धुलोमा सुन मात्र फलाउने होइन आर्थिक क्रान्ति नै सम्पन्न गर्न सकिन्छ ।

नयाँ नेपाल नबन्दा सम्म युवा लडिरहनेछन्

By Prabhat Aryal
यूवाहरु हरपल परिर्वतनको पक्षमा हुन्छन् कैयौं गुणा शक्तिशाली हुन्छन् सधै सत्य र यथार्थको लागि अन्तिम सम्म लडीरहन्छन् । यदि कसैले यिनीहरुका चाहना र विचारहरुलाई दवाउने र अवमुल्यन गरे जस्तो सुकै ठाउँबाट पनि विस्फोट भइ चट्टान बन्दै बसर्ीन सक्ने क्षमता हुन्छ यीनमा । इतिहासका हरेक पाना पल्ट्याई हेर्दा जुनसुकै परिवर्तनमा पनि युवावर्गको भूमिका अत्यन्तै महत्वपूर्ण र निर्णायक हुने गरेको पाइन्छ । युवाहरुहरु सधै यथास्थितिको विरोध र परिवर्तलाई आत्मसाथ गर्दै अघि बढ्छन् । नेपालमा भएका अहिलेसम्का परिवर्तन र आन्दोलहरुमा युवा नै निर्णायक शक्तिकारुपमा स्थापित रहदै आएकाछन् । चाहे त्यो ०७ सालको विद्यार्थी आन्दोलन होस चाहे ४६ सालको पाचायत विरोधी जनआन्दोलन होस वा १० वर्षे ऐतिहासीक जनयुद्ध र ०६२÷०६३ को जनआन्दोलन किन नहोस युवाले नै नेतृत्व गर्दै अग्रपंतीमा थिए र सहिदहरु पनि प्राय युवा वर्गबाटै भएका छन् । नेपालको झण्डै २४० वर्ष लामो राजतन्त्रको दाहासस्कार पछि मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरीसक्दा पनि यहाँ यथास्थितिमा रमाउन खोज्ने प्रतिगमनकारी र विदेशीका दलालहरु सल्बलाउन खोजिरहेका छन् । ती सबै खाले विरोधीहरुलाई परास्त गर्नको लागि अवका दिनमा पनि युवा वर्गवाट जीवन मरणको कुनै काजुस्याइँ नगरी सम्पूर्ण युवाहरुले आफ्नो निर्णायक र चोटिलो भूमिका र्निवाह गर्नेछन् यसमा कसैले शंका नगरे हुन्छ ।
अवको नयाँ नेपाल त्यस्तो हुनेछ जहाँ जातिय धार्मीक क्षेत्रीय वर्गीय लैङ्गिक लगायत देशमा विद्यमान असमानताहरुको समुल अन्त्य भएर सम्पूर्ण नेपाली नागरिकहरुले आफूलाई गौरवकासाथ सार्वभौम नेपालीकोरुपमा स्थापीत गराउनेछन् । नयाँ नेपालमा हरेक नेपाली जनता आर्थिक समामाजिक राजनीतिक तथा हरेकरुपले सम्पन्नशाली हुनेछन्। गाउँका कुनाकुनामा चेप्सीएर बसेका नेपालीहरुको घरमा अब विहानीको किरणले छाउनेछ त्यो चुहिने खरको झुपडीमा बसेका बुढाबुढीहरुले साच्चिकै नयाँ नेपालको अनुभुती गर्नेछन् । कापी र कलम किन्न नसकी शिक्षाबाट बिाचत भएकाहरु त्यतीवेला साच्चिकै नयु नेपाल निर्माणको रुपरेखा कोर्ने कार्यमा सहभागी हुनेछन् ।
हामी नेपालीहरु धनी देशका गरिब नागरिक भएर बाँचिरहेका छौँ । यहाँ ०७ सालमा नै प्रजातन्त्र आयो त केवल हुनेखानेहरुका लागि मात्र आयो । सामान्ती शोषकहरुले गाउँका ती भोका नाङ्गा असायहरुलाई एक छेउबाट पनि हेर्न सकेनन र हुँदा खानेहरु सधै पोखरीको भ्यागुतो उर्फे झैँ उर्फे जहाँ को त्यही भए माथि उठ्न कहिल्लै सकेनन् । बने त केवल तीनै देश हाक्नेहरुका परिवार नातावाद कृपावाद बनेँ । सोही अन्न्याय अत्याचार र दमनलाई सहन नसकी ०५२ सालमा सर्वहार वर्गको मुक्तिको लागि नेकपा माओवादीको उदय भएको सत्य हो । देशलाई गरिबीको चपेटामा फसाउदै ३० औँ गुणा तल झार्ने ती नेता र पार्टी भनाउदाहरुले देश बनाउने गहिरो अभिभारा कहिल्लै बहन गर्न सकेनन् । मात्रै गरे त केवल कुर्ची तानातान मात्र गरी रहेँ । आफ्नो देशमा कुनै सियो सम्म पनि बनाउन नचाहने विदेशबाट नुन देखि सुन सम्म ल्याउने र कमिसन खाने अनि नेपाललाई कंगाल बनाउने नेताहरुलाई सबैभन्दा ठूलो श्राप ०६४ चैत्र २८ गतेको चुनावबाट आदिकारिक रुपमै नेपाली जनताले दिएको सत्य हो । तर ती दलका नेताभनाउदाहले यसको अझै पनि विश्वास र भरोसा गर्न सकिरहेको छैनन् । लोकतन्त्रको नारा घन्काउदै हिड्नेहरुले संविधान लेखन र शान्तिप्रकृयालाई निस्कर्षमा पुर् याउने शुभकार्यलाई छायाँमा पार्दै पछिल्लो समयमा आयर खास चामललाई पाखा लगाई कनिका वियाँ ढुंगा आदिलाई मिलायर जुन अप्राकृतिक गठबन्धन गरे त्यसले गर्दा नेपाली जनताले आफ्नो भाग्यरेखा लेखिएको संविधान समयमा पाउन सकेनन् फलस्वरुप संविधान लेखनको समय अवधि समाप्त भयो र भर्खरै १ वर्षको लागि समय त थपियो । तर अझै पनि अविश्वासको कालो बादल मडारिरहेको छ । माओवादी हदै लचिलो हुँदा सम्म अन्य दलहरु मिलेर यसलाई जबरजस्तरुपमा पेलिरहेका छन् माओवादीलाइ कहिले के मा खोचे थाप्ने कहिले के मा देश के यिनै हरुवाहरुको मात्रै हो
यतिवेला एकिकृत नेकपा माओवादीले आफु सबै भन्दा ठूलो र जिम्मेवार पार्टी भएकोले जुन सर्वमान्य माग राखेर हदै सम्मको लचकता देखाइरहेको छ राष्ट्रिय सहमतिको सरकार निर्माण गरी संविधान लेखन शान्ति प्रकृया सेना समायोजन लगायतका महत्वपूर्ण मुद्दाहरमा एक भएर अगाढी बढ्ने यो भन्दा अरु लचकता के हुन सक्छ अवको केही दिनमै ती संसदवादीदलहरु यी कमन मुद्दाहरुमा आउन सकेनन् भने त्यतीबेला माओवादीले अन्तिम र निर्णायक बिद्रोह गर्ने छ जसमा सबै सबै युवाहरुले आफूलाई बाघको रुपमा प्रस्तुत गर्नेछन् अनि बढारिनेछन् अग्रगमनका विरोधीहरु विदेशी दलालहरु र बल्ल बन्ने छ साच्चैको नयाँ नेपाल ।

Search This Blog